पृथ्वी राजमार्गको आँबुखैरेनीमा तेल ट्याङकर र मालबाहक ट्रक ठोक्किए
nagariknews.nagariknetwork.com · Tue Jun 23 13:50:56 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस क्षेत्रमा तेल बोक्ने ट्याङकर र मालबाहक डिब्बा ट्रक एकआपसमा ठोक्किँदा दुई जना चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ सवा ६ बजे बजेको समयमा मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ क २७०० नम्बरको तेल ट्याङकर र विपरीत दिशातर्फ जाँदै गरेको ना.५ ख.७७७५ नम्बरको मालबाहक डिब्बा ट्रक पावरहाउस नजिक आपसमा ठक्कर खाई दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)