मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिला विरोधी कानुन नल्याउन महिला सङ्घ ध्यानाकर्षण

barnanmedia.com · Tue Aug 05 22:13:45 GMT 2025

काठमाडौँ, २१ साउन : नेपाल महिला सङ्घले बहुविवाहसम्बन्धी कानुन निर्माण हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको बागमती प्रदेश समितिले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई एक ज्ञापनपत्र बुझाउँदै महिला विरोधी कानुन निर्माण नगर्न आग्रह गरेको हो ।

नेपाली महिलाहरुले पितृसत्तात्मक उत्पीडनवाट मुक्ति पाउनका लागि धेरै लामो सङ्घर्ष गर्दै आएको स्पष्ट पार्दै सङ्घले विभिन्न आन्दोलनवाट प्राप्त अधिकार तुहाउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)