मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

rajdhanidaily.com · Tue Jun 23 13:59:08 GMT 2026

काठमाडौं । पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो । उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ ।

सम्बन्धित समाचार

ओली, लेखक र गुरुङलाई कारबाही गर्ने कानुनको खोजीमा सरकार

आजको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

रास्वपा महाधिवेशन : नीति र नेतृत्व टुंग्याउने अन्तिम तयारी

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने

राष्ट्रियतामा शंका नगर्न प्रधानमन्त्री बालेनको आग्रह

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

एमालेको संसदीय दल र सचिवालय बैठक आजै

विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय