मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली निवासमा एमाले सचिवालय बैठक जारी

setopati.com · Tue Jun 23 14:02:55 GMT 2026

नेकपा एमालेको सचिवालय बैठक जारी छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा आज साँझ सचिवालय बैठक बसेको हो।

उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेपछि पहिलो पटक एमाले सचिवालय बैठक बसेको हो।

पूर्वअर्थमन्त्री रहेका पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेका थिए। उनीविरूद्ध आज सात दिन म्याद थप भएको छ।

एमाले नेताहरूका अनुसार समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सचिवालय बैठक बसेको हो।

आजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा संसदीय दल बैठक पनि बसेको थियो।

संसदीय दल बैठकमा अध्यक्ष ओली पनि सहभागी भएका थिए।

उक्त बैठकले उपाध्यक्ष पौडेललाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको निष्कर्ष निकालेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)