मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौडेलको जरूरी पक्राउ पूर्जी अदालतबाट स्वीकृत, न्यायिक हिरासतमा पठाइयो

baahrakhari.com · Tue Jun 23 14:04:32 GMT 2026

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको जरूरी पक्राउ पूर्जी स्वीकृत गरेको छ ।

विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल, सदस्य न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पौडेलको जरुरी पक्राउ पूर्जी स्वीकृत भएको हो । पक्राउ पूर्जी स्वीकृत भएसँगै पौडेललाई अनुसन्धानका लागि सात दिनको थुना म्याद थप भएको छ ।

पौडेललाई अदालतले न्यायिक हिरासतमा राख्न पठाएको छ । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागबाट जरूरी पक्राउ पूर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि भन्दै आरोपी पौडेललाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा पठाइएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

#विशेष अदालत

#विष्णुप्रसाद पौडेल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय