मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

rajdhanidaily.com · Sat May 04 23:37:19 UTC 2024

दैलेख । नारायण नगरपालिकाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने उदेश्यले जेष्ठ नागरिक र दीर्घ रोगीसँग ‘नगरप्रमुख’ कार्यक्रम अघि बढाएको हो ।

नगरपालिकाले स्वास्थ्यकर्मीले सहितको टोली नारायणका प्रत्येक वडामै गई ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श दिन थालेको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिए।उनले स्वास्थ्य चौकीको पहुँचसम्म आउन नसक्ने जेष्ठ नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले जेष्ठ नागरिक र दीर्घरोगीसँग ‘नगरप्रमुख’ कार्यक्रम अघि बढाइएको बताए । जेष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्तरगत झण्डै५ हजार जेष्ठ नागरिक तथा अशक्त असहायहरुको सेवा तथा उपचार गरिएको स्वास्थ्य प्रमुख खड्काले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)