मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
gorkhapatraonline.com · Tue Sep 15 13:38:54 GMT 2026

सर्लाहीको गोडैता नगरपालिका –५, रामवनमा मङ्गलबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेर महिलाको मृत्यु भएको छ ।बरहथवाबाट रामवनतर्फ गइरहेको प्रदेश २–०३–००१७ प ७१३५ नम्वरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार गोडैता नगरपालिका –५, रामवनकी ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो ।
घाइते शान्ति देवीलाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । यस्तै, सर्लाहीको बरहथवा नगरपालिका –३, सानो खुरखोटी टोलमा भ¥याङबाट लडेर मङ्गलबार बिहान महिलाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)