मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना

ratopati.com · Sun Feb 23 20:50:00 GMT 2025

काठमाडौं । फ्रेडरिक मर्ज जर्मनीको आगामी चान्सलर बन्ने संभावना बढेको छ । कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले चुनावमा २८.५ प्रतिशत मत सुरक्षित गर्ने र संसदमा सबैभन्दा ठूलो पार्टी बन्ने प्रक्षेपणसँगै मर्ज चान्सलर बन्ने प्रबल संभावना रहेको बीबीसीले जनाएको छ ।

कन्जरभेटिभ नेताले आफुहरुले चुनाव जितिसकेको र दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो स्थानमा आउनेमा शंका व्यक्त गरेका छन् । चान्सलरका प्रमुख दावेदार मर्जले प्रभावकारी चुनावी अभियानको प्रशंसा गरेका छन् भने सरकार बनाउने सन्दर्भमा कुनै एक सेकेण्ड पनि खेर फाल्न नहुने प्रतिक्रिया दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)