कंगोमा बाढीपहिराले १२० जनाको मृत्यु
ekantipur.com · Thu Dec 15 01:03:23 GMT 2022
किन्सासा — कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार कैयौं घाइते छन् ।
लगातार घण्टौंसम्म परेको पानीका कारण सहरका अधिकांश सडकहरू जलमग्न भएका र कैयौं घरहरू भत्किएको जनाइएको छ । मृत्यु हुनेमध्ये अधिकांश पहाडी क्षेत्रमा गएका पहिरोहरूमा पुरिएका हुन् । घटनापछि सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)