मनाइयो गणेश चतुर्थी [३२ तस्बिरमा]
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ । प्रथमपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।
यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)