पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठ बास’ले सहज
ratopati.com · Tue Aug 05 22:56:00 GMT 2025

ढोरपाटन । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।
भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदल यात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई विश्रामका लागि गोठ बास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडी गोठबाहेक अरू कुनै पनि संरचना थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)