एमालेको सचिवालय बैठक गुण्डुमा जारी
nagariknews.nagariknetwork.com · Tue Jun 23 14:19:09 GMT 2026

नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी छ ।
सम्पत्ति शुद्धीकरण मामिलामा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भोलिपल्ट एमालेले दिउँसो संसदीय दलमा छलफल गरेको थियो भने अहिले सचिवालयमा पनि सोही विषयले प्रवेश पाएको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो । पौडेललाई आज बिहान काठमाडौं ल्याइएको छ ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ