महिला छनोट क्रिकेटः सप्तरीद्वारा सर्लाही नौ विकेटले पराजित
lokaantar.com
राजविराजमा सञ्चालित मधेस प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा सप्तरीले सर्लाहीलाई पराजित गरेको छ ।
सप्तरी क्रिकेट सङ्घको आयोजनामा राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सप्तरीले सर्लाहीलाई ९ विकेटले पराजित गरेको हो । वर्षाका कारण खेल ढिलो सुरु भएपछि १० ओभरमा सीमित गरिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको सर्लाहीले ७ विकेट गुमाउँदै ३३ रन बनायो । सर्लाहीका लागि समृद्धि भुजेलले सर्वाधिक १८ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)