मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५० युनिटभन्दा बढी विद्युत् खपतमा १३% होइन ५% मात्र भ्याट हो, मूलधारकै मिडियाले फैलाए भ्रम

techpana.com · Sat May 30 19:11:59 GMT 2026

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै मूलधारका सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार भ्रामक पाइएको छ । नेपाल फ्याक्टचेकले गरेको तथ्य-जाँच अनुसार सरकारले १३ प्रतिशत नभई सहुलियत दरमा ५ प्रतिशत मात्रै भ्याट लगाउने निर्णय गरेको पुष्टि भएको हो ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरेलगत्तै अनलाइनखबर, सेतोपाटी, बिजखबर लगायतका मिडियाले सर्वसाधारणमा थप आर्थिक भार पर्ने गरी १३ प्रतिशत कर लाग्ने दाबीसहितका समाचार लेखेका थिए । यो खबरले सामाजिक सञ्जालमा आक्रोश र संशय उत्पन्न गराएको छ । एकातिर सरकारले विद्युत् खपत बढाउन र आयातित इन्धन घटाउन जोड दिइरहेको बेला अर्कोतिर बढी खपत गर्नेलाई करको भार थोपर्ने नीतिले मध्यमवर्गीय तथा सामान्य घरपरिवारलाई प्रभावित पार्ने सञ्जाल प्रयोगकर्ताहरूको तर्क छ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)