मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पद्वारा औषधिमा २५०% सम्मको भन्सार शुल्क लगाउने सङ्केत, भारतमाथि पनि कर बढ्ने सम्भावना

barnanmedia.com · Tue Aug 05 23:00:44 GMT 2025

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी चरणमा २५० प्रतिशतसम्म पुग्न सक्ने स्पष्ट पारेका छन् । साथै, उनले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

सीएनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले प्रारम्भमा औषधिमा सानो दरको शुल्क लगाइने भए तापनि आगामी एक वर्षदेखि डेढ वर्षभित्र त्यसको दर १५० प्रतिशत र त्यसपछिका चरणहरूमा २५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)