सहकारी मामिला र रविको उद्देश्य
ekantipur.com · Sun May 05 00:09:54 UTC 2024
देशका मुख्यमुख्य सहरमा रहेका सहकारी संस्थामा जनताले बचत गरेको रकम अपचलन भएको मामिलामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका छन् ।
तर उनी आफूमाथि लागेको आरोप पूर्ण रूपमा मित्थ्या रहेको दाबी गरिरहेका छन् । उता पीडित जनताको आन्दोलन चलिरहेको छ । गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने माग राखेर अघिल्लो अधिवेशनमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए भने आगामी २८ गतेदेखि हुने बजेट अधिवेशनलाई पनि अवरोध गर्ने रणनीतिमा कांग्रेस छ । त्यति मात्र होइन, कांग्रेस अब गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाउने पक्षमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)