विप्लवको स्वागतयोग्य निर्णय
ekantipur.com · Sun May 05 00:11:31 UTC 2024
नेकपा (विप्लव) ले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको खबर प्रकाशमा आयो । यो स्वागतयोग्य कुरा हो । माओवादीले २०६४ कै निर्वाचनमा भाग लिएर सरकार पनि चलाएको थियो ।
विप्लव समूहले चुनावमा भाग लिनु हुन्न भन्दै आएको थियो । एमाले लगायतका कैयौं घटक २०४८ बाटै निर्वाचनमा सहभागी हुँदै आएका छन् । यसरी धेरैजसो कम्युनिस्ट भनिने (यथार्थमा होइनन्) समूहहरूले निर्वाचनमा भाग लिनुको अर्थ नेपालमा संसदीय व्यवस्था मजबुत मात्र होइन, निर्विकल्प भएको प्रमाणित गर्छ । अझ संसदीय व्यवस्थाको जग बसाउने नेपाली कांग्रेससितै सहकार्य गरेर गठबन्धनसमेत गर्नुले कम्युनिस्टहरूले पनि संसदीय व्यवस्थालाई स्विकारेको ठहर्छ । लडाइँ, झगडा र विवादले विकास होइन, विनाश गर्छ भन्ने सर्वशाश्वत विचार हो । अहिले चीन र भारतले गरेको प्रगति उदाहरणका रूपमा लिन सकिन्छ । हडताल र आन्दोलनले उग्ररूप लिएका बेला भारत विकासमा धेरै पछाडि थियो । भारतमा मनमोहन सिंहको उदयपछि त्यस्तो विवाद र झगडा देखिएन । चीनमा पनि माओको निधनपछि ह्वाको फङ र देङ सियाओ पिङको उदयपछि विवाद, झगडा साम्य भयो र चीन विकासको गतिमा अगाडि बढ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)