आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो
khabarhub.com · Tue Sep 15 14:03:08 GMT 2026

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन यूट्युब कार्यक्रमका प्रस्तोतालाई सैनिक अस्पतालको आईसीयूमै प्रवेश गर्न दिइएको घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । सैनिक अस्पतालजस्तो महत्वपूर्ण स्वास्थ्य केन्द्रको सघन उपचार कक्षमा यूट्युबरले बिरामीको अन्तर्वार्ता लिन घन्टौँ बिताएको घटनाबारे सदनमा समेत आवाज उठेको छ ।
प्रस्तोता सैनिक मुख्यालयले जारी गरेको लिखित अनुमति लिएर अस्पताल पुगेको बताइएको छ । सार्वजनिक भिडियोमा प्रस्तोता र उपचाररत घाइतेले मास्क लगाएको देखिँदैन । आईसीयूमा प्रयोग हुने पोसाक लगाइए पनि मुख खुला राखेर लामो प्रश्नोत्तर गरिएको छ । बाहिरबाट लगिएका क्यामेरा, माइक तथा अन्य उपकरणलाई सङ्क्रमणरहित बनाइएको थियो वा थिएन भन्ने विवरण पनि खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)