८ सारथीसहित बागमतीको बागडोर बानियाँमा
rajdhanidaily.com · Tue Aug 05 23:10:58 GMT 2025

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश सभापति बानियाँ कांग्रेस र नेकपा एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले मुख्यमन्त्री पदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख देवकोटाले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मुख्यमन्त्री नियुक्त र शपथसँगै बानियाँले आठ जना मन्त्री नियुक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)