राजधानी बनाउने कि बिगार्ने ?
ekantipur.com · Sun May 05 00:12:24 UTC 2024
हाम्रो राजधानीमा करिब ४० लाख मानिस बसेका छन् । यहाँको मुख्य समस्यामध्ये एक हो ट्राफिक जाम । यो समस्या हटाउन वाग्मती, विष्णुमती र धोबीखोलाको करिडर खोल्नु अपरिहार्य हुन्छ ।
तर ती करिडरमा अवैध रूपमा बसेका सुकुम्बासी छन् । उनीहरूलाई हटाएर करिडर खोल्न काठमाडौं महानगरका प्रमुख बालेन शाह लागेका छन् । तर सरकार र पुराना दलका नेताहरूले साथ नदिँदा बालेन सफल हुन सकेका छैनन् । यसैबीच सत्तारूढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिनासोचविचार राजधानीको सुकुम्बासी हटाउने कुरा ठीक होइन भने । बालेनले गरेको काममा पनि उनले आपत्ति जनाए । यो कस्तो गैरजिम्मेबार बोली हो ? सुकुम्बासीलाई उचाल्ने कि उनीहरूलाई सम्झाएर, बुझाएर करिडर खोल्न मद्दत गर्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)