विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति
nepalbahas.com · Tue Jun 23 14:55:42 GMT 2026

विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति
९ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई विशेष अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विशेष अदालतले मंगलबार जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पौडेलविरुद्ध जारी गरिएको जरूरी पक्राउ पूर्जी स्वीकृत गर्दै पहिलो पटक सात दिनको म्याद थप गरिएको हो।
सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।
अदालतको आदेशअनुसार आरोपी विष्णु प्रसाद पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि भइरहेको अनुसन्धानलाई अगाडि बढाउन म्याद थपको माग गरेको थियो। अदालतले सोही मागअनुसार पहिलो चरणमा सात दिनको म्याद स्वीकृत गरेको हो।
यसअघि मंगलबार विशेष अदालतमा म्याद थपसम्बन्धी बहस भएको थियो। अब विभागले अदालतले दिएको समयभित्र थप अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
विष्णु प्रसाद पौडेल
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
उपाध्यक्ष विष्णु पौडेल पक्राउ गैरन्यायिक र राजनीतिक पुर्वाग्रह भएको एमालेको ठहर, तत्काल रिहाइ गर्न माग
असार ९, २०८३ मंगलबार
सुर्खेतबाट काठमाडौं ल्याइएका एमाले उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणबाट अदालत लगिने
असार ९, २०८३ मंगलबार
उपाध्यक्ष पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक
असार ९, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !
केदार भट्टराई (काका)
असार ८, २०८३ सोमबार
राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
नेपालबहस संवाददाता
असार ८, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ
असार ९, २०८३ मंगलबार
२
यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा
असार ९, २०८३ मंगलबार
३
विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र ‘स्टन्ट’ मात्रै : ओली
असार ८, २०८३ सोमबार
छुटाउनुभयो कि?
विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति
असार ९, २०८३ मंगलबार
रास्वपा महाधिवेशनमा 'चिउरी' को आकर्षण ( फोटो फिचर )
असार ९, २०८३ मंगलबार
उपाध्यक्ष विष्णु पौडेल पक्राउ गैरन्यायिक र राजनीतिक पुर्वाग्रह भएको एमालेको ठहर, तत्काल रिहाइ गर्न माग
असार ९, २०८३ मंगलबार
गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ
असार ९, २०८३ मंगलबार
सुदूरपश्चिमको बजेट संशोधन नगरी पारित गर्ने प्रयास भए सरकारबाट बाहिरिने एमालेको चेतावनी
असार ९, २०८३ मंगलबार
विशेष अदालतमा पौडेलमाथि म्याद थपको बहस जारी
असार ९, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
छविलाल जोशी
काठमाडौँ