मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यो साता यी राशिहरूका लागि लाभको संकेत

ratopati.com · Sat May 30 19:37:02 GMT 2026

जेठ १७ गते आइतबारदेखि जेठ २३ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबार साँझसम्मको समय मध्यम रहेकोले कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुःख दिनेछन् । मंगलबारबाट समय राम्रो रहेकोले शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो टाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)