शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता
barnanmedia.com · Tue Sep 15 14:17:57 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो । साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)