कोशी प्रदेश सरकारको निर्णय
barnanmedia.com · Tue Sep 15 14:20:29 GMT 2026

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्नेे निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले प्रदेश सरकारको गत असार २९ गतेको बैठकले कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप्ने, कोशी प्रदेश सरकार सञ्चालन सम्बन्धी न्यूनतम साझा कार्यक्रम–२०८३ लाई उच्च प्राथमिकताकासाथ कार्यान्वयन गराउन सबै मन्त्रालयमा लेखी पठाउने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)