मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

barnanmedia.com · Tue Jun 23 15:05:19 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गर्नुभएको छ । मङ्गलबार सांसद हरि ढकालसहित निरीक्षणमा अस्पताल पुग्नुभएका मन्त्री मेहताले अस्पतालमा प्राविधिक र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन ।

उनले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनगुनासो नआउने गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिइन । नागरिकले सहज रूपमा उपचार पाउने व्यवस्था गर्नु सरकारको दायित्व रहेको भन्दै मन्त्री मेहताले स्वास्थ्य बिमाबाट गुनासो नआउने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)