आइसीसीको कारवाहीमा परे रोहित, म्याच फीको १५% जरीवाना
nepalpress.com · Tue Sep 15 14:29:06 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कारबाहीमा परेका छन् । एसीसी पुरुष प्रिमियर कपको फाइनल खेलका क्रममा आईसीसी आचारसंहिताको लेभल १ उल्लंघन गरेको आरोपमा उनलाई म्याच फीको १५ प्रतिशत जरीवाना गरिएको हो ।
मलेसियामा युएईविरुद्धको फाइनल खेलमा नेपालको ब्याटिङ चलिरहँदा ३१औँ ओभरमा रोहित पौडेल र युएईका खेलाडी अदिब उस्मानीबीच मैदानमै भनाभन भएको थियो । सो विवादलाई शान्त पार्न खोज्दा दुवै खेलाडीले अन–फिल्ड अम्पायरको निर्देशन अस्वीकार गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)