मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘गोर्खा वारियर’ हिरो रितेश

rajdhanidaily.com · Mon Feb 19 23:38:50 GMT 2024

पोखरा । मिलन चाम्स निर्देशित बहुप्रतीक्षित फिल्म ‘गोर्खा वारियर’ को जति चर्चा छ, त्यत्तिकै चर्चामा छन्, नायक रितेश चाम्स । यी नायकले डेब्यू फिल्मको प्रिमियरबाटै प्रशस्त सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । ८ वर्षअघि अडिसनबाट उत्कृष्ट छानिएका रितेश फिल्ममा पात्रलाई न्याय दिन थुप्रै तालिम लिएर खारिएका नायक हुन् ।

खोटाङ दिक्तेलका उनको पृष्ठभूमि भने क्याप्टेन हो । कैंयौँ पटक विमान उडाइसकेका उनले फरक विधा फिल्मका लागि भनी नेपालसहित लण्डन, मलेसिया, केन्या लगायत देशमा तालिम लिन गएको बताउँछन् । फिल्मकै लागि जल, थल र वायुमा आवश्यक पर्ने सिनका लागि तालिम लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)