कारमा ढुङ्गा खस्दा दुई जना घाइते
ratopati.com · Tue Sep 15 14:43:25 GMT 2026

बुटवल। पाल्पामा सडक माथिबाट अचानक खसेको ढुङ्गा कारमा लाग्दा दुई जना घाइते भएका छन्। ढुङ्गा लागेर कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ। मंगलबार साँझ सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै सडक माथिबाट अचानक ढुङ्गा खसेको थियो।
उक्त ढुङ्गा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा खसेर लागेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)