मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, विद्यालयमा सहयोग सामग्री प्रदान

ajakoartha.com · Sat Jun 06 04:37:00 GMT 2026

काठमाडौं- एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित श्री सत्यश्वर शिवशक्ति आधारभुत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

मिति २०८३ ज्येष्ठ २१ गते एक कार्यक्रमका बीच केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरु हस्तान्तरण गरेका हुन् । उक्त संस्थामा हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरुलाई खानबस्ने व्यवस्था सहित सहारा प्रदान गर्दै आइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)