कोशी प्रदेश सरकारको निर्णय
lokaantar.com

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)