गुडिरहेको कारमा ढुंगा खस्दा दुई जना घाइते
annapurnapost.com · Tue Sep 15 14:50:23 GMT 2026

तानसेन : सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै गुडिरहेको कारमा ढुंगा खस्दा २ जना घाइते भएका छन्।
बा २० च ३९९९ कारमा ढुंगा खस्दा कारको पछाडीको भागमा पूर्ण रूपमा क्षति भएको छ । घाईते हुनेमा बुटवल उपमहानगर पालिका–७ का ४७ बर्षिय जुलन गैरे र बुटवल उपमहानगर पालिका जेसिस चोककी ६२ की वर्षीया राधिका ढकाल रहेका छन्। दुवै जनाको बुटवल हस्पिटल प्रा.लि.मा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जनाकारी दिए। घाईते दुवैजनाको अवस्था मध्यम रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)