शिवरात्रिमा सामूहिक माछा मार्ने प्रचलन
barnanmedia.com · Wed Feb 26 21:48:34 GMT 2025

काठमाडौँ, १५ फागुनः तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् ।
शिवरात्रिको दिन बिहानदेखि खोलामा माछा मार्नेको भीड लागेको स्थानीयवासी चेतबहादुर मल्लले जानकारी दिनुभयो । शिवरात्रिमा यस खोलामा माछा मार्ने प्रचलन वर्षौंदेखि चलिआएको र त्यसलाई यहाँका स्थानीयवासीले निरन्तरता दिएको उहाँले बताउनुभयो । “माछा मार्ने यहाँको प्रचलन नै हो । यसलाई प्रत्येक वर्ष स्थानीयवासीले निरन्तरता दिएका छन् । हामीले थाहा पाएदेखि नै यो चलन रहँदै आएको छ”, मल्लले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)