प्रेरक प्रसंग : पात र मान्छेको जीवन
nayapatrikadaily.com · Sun Aug 06 00:13:00 GMT 2023
एकपटक महात्मा बुद्ध एक गाउँबाट अर्को गाउँ जाने क्रममा एउटा घना जंगल पार गर्दै थिए । संयोगवश सो दिन उनी एक्लै थिए । उनका शिष्यहरू काम विशेषले गाउँमै रोकिएका थिए । उनले सोही दिन अर्को गाउँमा पुगेर त्यहाँका आफ्ना भक्तजनलाई प्रवचन दिनु थियो । त्यसैले उनी अलि हतार हतार हिँडिरहेका थिए ।
त्यत्तिकैमा त्यहाँ एउटा लुटेरा कतैबाट प्रकट भयो र उसले महात्मा बुद्धलाई रोकिन आदेश दियो । उसले भन्यो, ‘तिमी जहाँ छौ, त्यही बस, अन्यथा म तिम्रो ज्यान लिनेछु ।’ उसको धम्की सुनेपछि महात्मा बुद्ध त्यहीँ रोकिए । उनले मुहारमा मन्द मुस्कान ल्याएर भने, ‘ठिक छ बालक, अहिले म तिमीले भनेबमोजिम रोकिएको छु । मबाट कुनै गल्ती भयो भने तिमी मेरो ज्यान लिन पनि सक्छौ । तर, के तिमी मलाई एउटा सानो सहयोग गर्न सक्छौ ?’ बुद्धको कुरा सुनिसकेपछि सो लुटेराले भन्यो, ‘त्यस्तो के काम हो ? छिटो भनिहाल, मसित फाल्तु समय छैन ।’ लुटेराको कुरा सुनेपछि बुद्धले मन्द मुस्कानसाथ भने, ‘बालक, के तिमी मलाई उः त्यो रुखबाट चारवटा पात टिपेर ल्याइदिन सक्छौ ?’ सो लुटेराले बुद्धले भनेकै रुखबाट चारवटा पात टिपेर ल्याइदियो । उसले पात टिपेर ल्याइसकेपछि बुद्धले भने, ‘भइगो बालक, यी पात जहाँबाट ल्याएका हौ, त्यहीँ लगेर जोडिदेऊ । मलाई अहिले यसको आवश्यकता परेन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)