वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् ।
मंगलबार अपिल जारी गर्दै थापाले नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन् । उनले पार्टीको बृहत्तर हितका लागि संवाद, सहमति र अधिवेशन प्रक्रियामा सक्रिय रहने सबैप्रति आभारसमेत व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)