रास्वपाको नजरमा अन्य दल : एक-अर्काका शत्रु होइनन्, प्रतिस्पर्धी हुन्
baahrakhari.com · Tue Jun 23 16:24:38 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य राजनीतिक दलहरूलाई हेर्ने आफ्नो धारणा बनाएको छ ।
पार्टी सभापति रवि लामिछानेले मंगलबार पहिलो महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै दलहरूलाई हेर्ने धारणा स्पष्ट पारेका हुन् ।
“रास्वपा नेपालको राजनीतिक संस्कृति बदल्न चाहन्छ । दशकौँसम्म राजनीति ‘को मित्र– को शत्रु ?’ भन्ने चश्माबाट हेरियो । तर राष्ट्र निर्माणको राजनीतिमा दलहरू एकअर्काका शत्रु होइनन्, बढीमा विचार, कार्यक्रम र प्राथमिकता फरक भएका प्रतिस्पर्धी हुन्,” सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
उनले प्रतिवेदनमा लोकतन्त्रमा चुनावी प्रतिस्पर्धाको अर्थ राष्ट्रका आधारभूत प्रश्नहरूमा पनि मतभेद नभएको जनाएका छन् ।
“हाम्रा साँच्चै साझा शत्रु गरिबी, बेरोजगारी, भ्रष्टाचार, कुशासन, अशिक्षा र कमजोर स्वास्थ्य सेवा हुन् । युवाको पलायन, आर्थिक परनिर्भरता, उत्पादहीन अर्थतन्त्र, राज्यप्रतिको घट्दो विश्वास अनि सामाजिक विभाजन र असहिष्णुता हुन् यो देशका शत्रु,” सभापति लामिछानेले भनेका छन् ।
#रवि लामिछाने
#राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
#रास्वपाको महाधिवेशन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)