मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल
farakdhar.com · Fri Mar 15 00:58:15 GMT 2024
फिफा विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत बहराइनसँग खेल्नुअघि नेपाली फुटबल टिमले आज मलेसियाको सामना गर्दैछ । नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल दिउँसो २ः४५ देखि क्लालाम्पुर स्टेडियममा सुरु हुनेछ ।
नेपाल मलेसियालाई घरमै स्तब्ध पार्ने दाउमा छ । यद्यपि नेपाललाई त्यो उपलब्धि हासिल गर्न सहज छैन । खेलाडीको विदेश पलयानले गर्दा अहिले नेपाली टिममा नयाँ खेलाडीको संख्या बढी छ । फिफा वरियताको कुरा गर्दा पनि नेपालभन्दा मलेसिया धेरै माथि छ । हाल फिफा वरियतामा नेपाल १७५औँ तथा मलेसिया १३२औँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)