पाल्पामा कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
nepalviews.com · Tue Sep 15 15:40:47 GMT 2026

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुङ्गाले कारलाई थिच्दा तीन जना घाइते भएका छन् ।
तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै आज बेलुकी साढे ६ बजेतिर सडक माथिबाट अचानक ढुङ्गा खसेको थियो । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च ३९९९ नम्बरको कारमाथि ढुङ्गा बजारिँदा कारमा सवार तीनै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)