महाशिवरात्रिमा काठमाडौंका कुन-कुन ठाउँमा गाडी चलाउन पाइँदैन ?
onlinekhabar.com · Mon Feb 24 16:42:28 GMT 2025

१२ फागुन, काठमाडौं। बुधबार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि पशुपति आसपासमा सवारीसाधन जान रोक लगाइएको जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले ५ लाख दर्शनार्थीले बुधबार पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले त्यसको व्यवस्थापनका लागि ती क्षेत्रमा सवारी चलाउन रोक लगाउनु परेको घिमरेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)