जर्मनीमा सीडीयू विजयी, मर्ज चान्सलर बन्दै
ekantipur.com · Mon Feb 24 16:57:30 GMT 2025
काठमाडौँ — जर्मनीमा आइतबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ क्रिस्टियन डेमोक्रेटिक युनियन (सीडीयू) विजयी भएको छ । फ्रेडरिक मर्ज नेतृत्वको सीडीयूले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ । तर सीडीयू सबैभन्दा ठूलो दल बने पनि अपेक्षा गरेअनुसारको ३० प्रतिशतभन्दा कम मत पाएको छ ।
मतदानबाट चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो ठूलो दल बनेको छ । एएफडीले २० प्रतिशत मत पाएको छ । तर उक्त दलले अझै बढी मत ल्याउने सर्वेक्षणहरूले देखाएका थिए । एसपिडीले १६.४, ग्रीन्सले ११.६, लेफ्टले ८.८, बीएसडब्लूले ४.९७, एफडीपीले ४.३ प्रतिशत मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)