निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छ : मुख्यमन्त्री कार्की
nepalnews.com · Tue Sep 15 15:47:53 GMT 2026

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहने बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको मोरङ उद्योग व्यापार संघको नवगठित ३५औं कार्य समितिलाई आज बधाई, सम्मान तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले उद्योग–व्यवसाय अनुकूल नीतिगत सुधार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय उत्पादनको प्रवर्द्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै निजी क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाइने कुरामा जोड दिए। उनले मोरङ उद्योग व्यापार संघसँग निजी क्षेत्रसँग सम्बन्धित नीतिहरूमा संयुक्त रूपमा छलफल एवं बहस गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)