आवामी लिगका सात नेतालाई मृत्युदण्डको फैसला
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

ढाका । बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को जनविद्रोह दबाउने प्रयासमा भूमिका खेलेको अभियोगमा मङ्गलबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ । दोषी ठहरिएकामा दुई पूर्वमन्त्री पनि छन्।
अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)