रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
nepalviews.com · Tue Jun 23 16:35:11 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
सभापति पदमा लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए ।
लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रस्तावक राखेर मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्तापछि दुवै नेता निर्वाचन आयोग सचिवालयको बरन्डामा आएर उपस्थित कार्यकर्तालाई अभिवादन गरेका थिए ।
संशोधित निर्वाचन कार्यतालिका अनुसार अब केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया आज राति नै सम्पन्न हुनेछ । राति ११:४५ बजे अन्तिम नामावली प्रकाशनसँगै मौन अवधि सुरु हुनेछ ।
भोलि बिहानदेखि केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान हुने र मतदान सम्पन्न भएको दुई घन्टापछि मतगणना सुरु गरी परिणाम सार्वजनिक गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)