रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
newsofnepal.com · Tue Jun 23 16:49:42 GMT 2026

चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सभापति पदमा रवि लामिछाने निर्विरोध भएका छन् ।
चितवनमा जारी महाधिवेशनमा सभापति पदका लागि तोकिएको समयसीमाभित्र अन्य कुनै पनि उम्मेदवारी नपरेपछि लामिछाने एकल उम्मेदवारका रूपमा निर्विरोध चयन भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार सभापति पदका लागि उम्मेदवारी दिने समय सकिएको हो। लामिछाने रास्वपाका संस्थापक सभापति समेत हुन। हाल केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)