एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
ratopati.com · Tue Jun 23 16:53:26 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ ।
पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा मंगलबार उनको एकल उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए ।
उनको एकल उम्मेदवारी परेसँगै लामिछाने सर्वसम्मत बनेको केसीले बताए । अब आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि लामिछाने सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)