विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमालेको प्रतिवाद, बिनासर्त रिहाइको माग
lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी भएको ठहर गर्दै त्यसको राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
अध्यक्षको निवास गुण्डु, भक्तपुरमा मंगलबार बसेको सचिवालयको नवौँ बैठकले सम्पत्ति शुद्धीकरणको बहानामा कुनै वस्तुपरक तथ्य र प्रमाणबिना पौडेललाई पक्राउ गरिएको दाबी गर्दै उक्त कदमको निन्दा गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
बैठकले विशेष अदालतले पूर्वपक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको निष्कर्ष निकालेको छ। साथै, पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।
एमालेले राज्य संयन्त्रबाट भएको भनिएको प्रतिशोधपूर्ण र विभेदकारी कदमविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। बैठकले पार्टीपङ्क्ति र न्यायप्रेमी जनसमुदायलाई उक्त अभियानमा सहभागी हुन आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)