बाढीले बगाएको पुल ६ वर्ष बितिसक्दा पनि बनेन
rajdhanidaily.com · Mon Feb 24 23:27:47 GMT 2025

राजविराज । ६ वर्ष अघि बाढीले बगाएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र नेपाल–भारत सीमावर्ती क्षेत्र स्थित भारतीय बाजार कुनौलीलाई जोडने एकमात्र अस्थायी पुल (चचरी) अझै बन्न सकेको छैन ।
जसकारण सर्वसाधारणलाई आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । विषेशगरी वर्षायाममा जोखिम मोलेर सर्वसाधारण आउजाउ गर्न समस्यामा पर्ने गरेका छन । करिब ४१ वर्ष अघि सहज आवतजावतका लागी स्थानीय र सीमावर्ती भारतीय कुनौली बाजारका वासिन्दा समेत मिलेर सो खोलामाथी बाँसको फडकेबाट पुल बनाएर आवागमनको व्यवस्था मिलाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)