मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साउनभित्रै जलन उपचार कक्ष

gorkhapatraonline.com · Tue Jul 04 06:25:24 GMT 2023

काठमाडौँ, असार १९ गते । वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीरमा अत्याधुनिक जलन उपचार कक्ष तत्काल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। गोरखापत्रसँग कुरा गर्दै स्वास्थ्यमन्त्री बस्नेतले त्यसका लागि दुई करोड ५० लाख रुपियाँको बजेटसमेत व्यवस्था भइसकेको बताउनुभयो। उहाँले नेपालमा अत्यावश्यक जलन अस्पताल आवश्यक भए पनि तत्काल वीर अस्पतालमा २५ शय्याको जलन उपचार कक्ष निर्माण गरी सञ्चालन गरिने जानकारी दिनुभयो। मन्त्री बस्नेतले कम्तीमा वीर अस्पतालमा जलन उपचार कक्ष भएमा गरिब तथा दुःखीले उपचार नपाएर छटपटाउने अवस्था नआउने बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)