रास्वपा केन्द्रीय सदस्यमा धितालको उम्मेदवारी दर्ता
onlinekhabar.com · Tue Jun 23 17:43:04 GMT 2026

९ असार, काठमाडौं । पार्टीको पहिलो महाधिवेशनमा नेतृ क्रान्तिशिखा धितालले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन् ।
रास्वपाको महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनमा अहिले बन्द सत्रको कार्यतालिका सकिएर निर्वाचन प्रक्रिया अघि बढेको छ । केन्द्रीय सदस्य पदका लागि बुधबार बिहान ९ बजेबाट मतदान हुँदैछ ।
त्यसअघि अहिले आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गरिरहेका हुन् ।
यसैबीच धितालले आफ्नो उम्मेदवारी दर्ता गराउँदै आगामी दिनमा आफ्नो अनुभव र सिकाइलाई संगठनको हितमा अझ व्यवस्थित रूपमा लगानी गर्न चाहेको उल्लेख गरेकी छिन् ।
उनी प्रतिनिधिसभा सदस्य पनि हुन् । समानुपातिकतर्फबाट सांसद बनेकी उनले पार्टी अझ संगठित, जवाफदेही र जनमुखी बनोस् भन्ने मेरो ध्येय रहेको बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)