रोनाल्डोको ऐतिहासिक कीर्तिमान, लगातार छ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी
nepalpress.com · Tue Jun 23 17:46:00 GMT 2026

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मंगलबार विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
उनले उज्बेकिस्तानविरुद्धको खेलको छैटौँ मिनेटमै गोल गर्दै छ फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने।
४१ वर्षीय रोनाल्डोले जोआओ कान्सेलोको क्रसलाई दायाँ खुट्टाले जाली चुमाउँदै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए। गोलपछि उनी बेन्चतर्फ दौडिएर टोलीका सहकर्मीसँग उत्सव मनाएका थिए।
यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन्। यसअघि रोजर मिलाले सन् १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए।
रोनाल्डोको यो उपलब्धि पोर्चुगलको पहिलो खेलमा कङ्गोसँग १–१ को बराबरी हुँदा गोल गर्न नसकेको भन्दै आलोचना भइरहेको समयमा आएको हो।
यस वर्ष रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपका छ संस्करण खेल्ने इतिहासकै पहिलो पुरुष खेलाडी बनेका थिए।
रोनाल्डोले विश्वकपमा गोल गर्ने आफ्नो यात्रा सन् २००६ मा सुरु गरेका थिए। त्यसयता उनले २०१०, २०१४, २०१८, २०२२ र २०२६ का विश्वकपमा पनि गोल गर्दै लगातार छ विश्वकपमा गोल गर्ने अद्वितीय कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)