मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मासु कसले कति खाने ?

farakdhar.com · Fri Jun 17 23:48:49 GMT 2022

सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखि तीन सय ग्रामसम्म मासु खानु ठीक हो । यति मासु खाँदा आवश्यक पोषण तत्व पुग्छ । योभन्दा धेरै खाँदा स्वास्थ्यलाई फाइदा हुँदैन । बढी शारीरिक परिश्रम गर्ने व्यक्तिको पाचन प्रणाली बलियो हुन्छ । मानसिक काम गर्नेका हकमा सकेसम्म मासु नखाएकै राम्रो ।

भौतिकवादीले मासु खाने र तथा आध्यात्मिक व्यक्तिले नखाने भन्ने धारणा वैज्ञानिक छ । भौतिकवादीले मासु खान प्रश्रय गरेको देखिन्छ । उनीहरू शारीरिक परिश्रममा विश्वास गर्छन् । आध्यात्मवादीले मासु खान प्रोत्साहित गर्दैनन्, किनभने अध्यात्ममा विश्वास गर्ने व्यक्तिको मानसिक कार्य बढी हुन्छ र शारीरिक परिश्रम कम, त्यसैले उनीहरूलाई मासु पच्दैन । उनीहरू शाहाकारी भोजनलाई बढी प्राथमिकता दिन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)